अन्ततः फुट्यो लोक तथा दोहोरी गीत प्रतिष्ठान, बमबहादुर कार्कीको अध्यक्षतामा नयाँ संस्था दर्ता

काठमाडौं । लामो अन्तरसंघर्षपछि अन्ततः नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान औपचारिक रूपमै विभाजन भएको छ। असन्तुष्ट समूहहरूले वरिष्ठ लोकगायक बमबहादुर कार्कीको अध्यक्षतामा नयाँ संस्थाको दर्ता भएको छ । कार्कीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति पनि प्रशासनमा दर्ता भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल’ नामक संस्था दर्ता भएको छ।

उपाध्यक्षमा विष्णु खत्री, महासचिवमा वैकुण्ठ महत, सचिवमा राजु परियार, कोषाध्यक्षमा टीका पुन, सदस्यहरूमा खड्ग गर्बुजा, शिव आले र केशरी घर्ती छन्। यो तदर्थ समितिको बैठकले भदौभित्र अधिवेशन बोलाउने भएको छ। उपाध्यक्ष खत्रीले औपचारिक रूपमा नयाँ संस्थाको गतिविधि सुरु भएको बताए।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित