४० जिल्लामा फैलियो लम्पी स्किन रोग, ७ हजार बस्तुभाउ मरे

काठमाडौं। गाईभैँसीमा देखिने लम्पी स्किन रोग नेपालका ४० जिल्लामा फैलिसकेको छ । पशु सेवा विभागका अनुसार हालसम्म ४० लाख गाईभैँसीलाई लम्पी स्किन रोग पुष्टि भएको छ । यसबाट ७ हजार बस्तुभाउ मरेको विभागको तथ्याङ्क छ ।

नेपालमा पहिलो पटक २०७७ सालमा सङक्रमजन्य लम्पी स्किन रोग पुष्टि भएको थियो । त्यसबेला करिब ३ हजार पशुमा यो रोग पुष्टि भएको थियो । विगत गाईभैँसीमा देखिने यो रोग अफ्रिकामा मात्र सीमित थियो । तर सन् २०१२ पछि मध्यपूर्व, दक्षिण–पूर्वी युरोप, रुस, काजकिस्तान हुँदै बंगलादेश र भारतमा केही वर्षअघि यो रोग देखापरेको थियो ।

लम्पी स्किन रोग पक्स समूहको काप्रीपक्स भाइरसबाट लाग्ने पशु सेवा विभागका वरिष्ठ पशु विज्ञ तथा सूचना अधिकारी डा.चन्द्र ढकाल बताउँछन् । लम्पी स्किन रोग भैँसीमा भन्दा गाईमा बढी देखिने उनको भनाई छ । हाल नेपालका विभिन्न जिल्लामा यो सङ्क्रामक रोग देखिएकाले सचेत हुन डा.ढकालको आग्रह छ ।

लम्पी स्किन रोगबाट सङ्क्रमित भएका गाईभैँसीको दूध विक्री वितरण नगर्न र नखान उनको सुझाव छ । हालसम्म पशुबाट मानिसमा यो रोग सरेको नपाइए पनि संक्रमित पशुलाई विभिन्न किसिमको औषधि खुवाइने भएकाले दूध खान नहुने ढकालले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित