कैलाली र कञ्चनपुरमा खखडेहरा पर्वको बिदा

धनगढी । राना थारू समुदायको खखडेहरा पर्वका अवसरमा आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिएको हो ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीका अनुसार प्रदेश राजपत्रमा प्रकाशित २०७९ सालको बिदासम्बन्धी सूचनाअनुसार खखडेहरा पर्वको बिदा आगामी चैत १ गते कायम गरिएकामा प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले संशोधन गरी आज बिदा दिने निर्णय गरेको हो । प्रदेश मन्त्रिपरिषद्को फागुन २८ गतेको बैठकले बिदा दिने निर्णय गरेको हो ।

होली पर्वको अन्तिम दिन खखडेहरा पर्व मनाइने गरिन्छ । राना थारू समुदायमा जिउँदो होली, मरेको होली र खकडेहराका रूपमा ३८ दिनसम्म होली पर्व मनाइने चलन छ । होली पर्वमा भगवान् श्रीकृष्ण, रामका कथाहरूलाई गीतमा ढालेर गाइने गरिन्छ । जिउँदो होली माघ पूर्णिमादेखि फागुपूर्णिमासम्म महिला–पुरुष मिलेर ढोलको तालमा नाच्दै रातिका बेला गीत गाउँदै मनाउने गरिन्छ ।

होलीको टीकाको दिनदेखि आठौँ दिन खखडेहराको दिनसम्म खेलिने होलीलाई ‘मरेको होली’ भनिन्छ । खासगरी यो होली दिउँसो र राति दुवै समयमा खेल्ने गरिन्छ ।

फागुपूर्णिमा वा होलीको अन्तिम दिन वा फागुपूर्णिमापछिको आठौँ दिनलाई खखडेहरा पर्वका रूपमा मनाइन्छ । खखडेहरा पर्व विशेषतः होलीलाई पुनः मथुरामै अर्को वर्षसम्मका लागि फिर्ता गरी बिदाइ गर्नु रहेको स्थानीय रामसहाय रानाले बताए ।

खखडेहराका दिन बिहानै गाग्री, टायल, खप्टा, सुकेको गोबर, जल गाउँको बाहिर लगेर जम्मा गर्ने चलन छ । त्यो जम्मा गरेको सामग्रीलाई गाउँका अगुवाले फुटाउने गरिन्छ ।

“यसरी सामग्री फुटाउँदा रोगव्याधि र राक्षसी प्रवृत्ति हराउने विश्वास छ”, उनले भने, “फुटाएका सामग्री फर्केर हेरिँदैन, त्यसपछि घरमा आएर सबैले नुहाइधुवाइ गरी होलिका जलाएको खरानीको टीका लगाइन्छ ।” यो चलन राना थारू समुदायमा पुर्खौँदेखि चल्दै आएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित