टेलिफोन सेवा अवरुद्ध

हुम्ला  । जिल्लाको तल्लो क्षेत्रमा करिब तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध छ ।

नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्ला जिल्लाको अदानचुली, ताँजाकोट, चङ्खेली र सर्केगाडसहित मुगु जिल्लाको सोरु गाउँपालिका सञ्चारविहीन भएका छन् । सेवा अवरुद्ध भएपछि टेलिफोनका माध्यमबाट गर्ने सबै खालका कामकारबाही प्रभावित भएको बताइएको छ ।

टेलीफोन सेवा अवरुद्ध भएपछि कहाँ र कसरी अवरुद्ध भएको खबर हुन नसकेको गाउँपालिका स्रोतले जनाएको छ ।

यहाँका नागरिकहरु फोन गर्नकै लागि अग्लो डाँडामा चढेर घण्टौ कुरेर फोन गरी फर्किनुपर्ने बाध्यता रहेको अदानचुली गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ भने निर्वाचनको लागि खटीएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलाई जिल्ला वा सम्बन्धित निकायमा खबर गर्न गाह्रो भएको बताएका छन् ।

यसैगरी जिल्लाको माथिल्लो क्षेत्रका नागरिक तीन दिनदेखि टेलिफोन सञ्चार सेवाबाट बञ्चित बनेका छन् । दैलेखमा रहेको महाबुलेखको टावरमा खराबी आउँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । यस्तै इन्टरनेट सेवा अवरुद्ध हुँदा आधा दर्जन बढी बैंक तथा वित्तीय संस्थाको कारोबार ठप्प भएको छ । सञ्चारकर्मीलाई सूचना सम्प्रेषण गर्न पनि समस्या भएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित