दुईवटा हत्यामा संलग्नलाई पक्राउपछि सार्वजनिक

इलाममा भएका दुई छुट्टाछुट्टै हत्यामा संलग्न अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरी सार्वजनिक गरेको छ । इलाम नगरपालिका–८ सिङफिरिङकी ३१ वर्षीया विनिता काफ्ले र देउमाई नगरपालिका–७ का सन्तोषवाला राईको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गरी दुईवटा घटनाका हत्याका अभियुक्तलाई सार्वजनिक गरेको हो । प्रहरीले इलाम–८ सिङफिरिङकी काफ्लेको हत्यामा संलग्न रहेको भन्दै सोही ठाउँका देवेन्द्र रिमाललाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्यापछि शव गाडेको अवस्थामा फेला पारेको र पछि काफ्लेका दाजु दिनेश काफ्लेले जिल्ला प्रहरी कार्यालय इलाममा किटानी उजुरी दर्ता गरााएका थिए। किटानी जाहेरीपछि स्थानीयवासी र प्रहरीको टोलीले खोजी गर्ने क्रममा यही २० गते महभिरको जङ्गलबाट रिमाललाई पक्राउ गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गङ्गाबहादुर थापाका अनुसार मृतक काफ्ले र अभियुक्त रिमालबीच विगत १० वर्षदेखि चिनजान रहेको र तीन वर्षयता घनिष्ट सम्बन्ध रहेको बताइएको छ । मृतक काफ्ले र रिमालबीच शारीरिक सम्बन्धसमेत रहेका कारण महिलाले विवाह नै गरेर लैजानुपर्ने बताएपछि रिमालले उनको हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरी सूचना अधिकारी थापाको भनाइ छ ।

मृतक काफ्लेका श्रीमान्को दुई वर्षअघि मात्र विदेशमा मृत्यु भएको थियो । उनीहरुको चार वर्षीय एक छोरी रहेको बताइको छ । मृतक र अभियुक्तबीच आर्थिक लेनदेनसमेत हुने गरेको थियो । काफ्ले यही वैशाख १५ गते माइत जाने तयारी भएपछि अघिल्लो दिन नै रिमालले उनको ज्यान लिएको बताइएको छ ।

यता इलाम देउमाई नगरपालिका–७ का सन्तोषवालाको हत्या अभियोगमा सोही स्थानका भूपेन राई र चन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित