बडिगाडमा ८ दिनदेखि बेपत्ता थापा मृत फेला, चार जना पक्राउ

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१ मा ८ दिनदेखि बेपत्ता रहेका लजिन थापा मृत अवस्थामा फेला परेका छन् ।

साउन १ गते साँझ करिब ८ बजे घरनजिकै साथीको जन्मदिन मनाउन जाने भन्दै घरबाट निस्किएका थापा आज मृत फेला परेका हुन् ।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख प्रहरी निरीक्षक डम्बरबहादुर बोहराको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रहरीले थापासँग जन्मदिन मनाउन गएका चार जना साथीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी रामेश्वर त्वातिले जानकारी दिए । प्रहरी घटनास्थलमा पुगेको र घटनाको अनुसन्धानपछि मात्रै मृत्युको कारण खुल्ने बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित