बडिगाड गाउँपालिका : रंगशाला निर्माणसहित आफ्नो वडामा अध्यक्षले छुट्याइन् साढे ४१ लाख, सिसाखानीको वडालाई जम्मा ७ लाख

बडिगाड । बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बडिगाड गाउँपालिकाबाट विनियोजित बजेटको ४१ लाख पचास हजार रुपैयाँ आफ्नो वडामा छुट्याएकी छन् । अन्य वडाको तुलनामा वडा नम्बर ७ मा ४१ लाख ५० हजार बजेट विनियोजन गरेकी हुन् । उनले विनियोजन गरेको बजेटमाथि नै अन्य वडाका जनप्रतिनिधिहरुले असन्तुष्ट जनाएका छन् ।

उनले आफ्नो वडामा मात्रै रंगशाला निर्माण, खेलमैदान, पदमार्ग, मन्दिरलगायतका पूर्वाधार निर्माणका लागि ४१ लाख ५० हजार बजेट छुट्याएकी हुन् । उनले आर्थिक वर्ष २०८३/०८४ का लागि पुँजीगततर्फ वडा नम्बर १ मा १२ लाख, वडा नम्बर २ मा २५ लाख, वडा नम्बर ३ मा ७ लाख, वडा नम्बर ४ मा १२ लाख, वडा नम्बर ५ मा ३४ लाख, वडा नम्बर ६ मा ११ लाख, वडा नम्बर ८ मा २७ लाख, वडा नम्बर ९ मा २२ लाख, र वडा नम्बर १० मा १७ लाख विनियोजन गरेकी हुन् । अन्य वडाको तुलनामा आफ्नो वडामा बजेट बढी छुट्याएकी हुन् । यो वडामा छुट्याइएको ६० लाख बाहेकको बजेट हो ।

बडिगाड गाउँपालिका ७ अध्यक्ष थापाको वडामा कति छ बजेट ?

१) दोबाटा खेल मैदान: १० लाख रुपैयाँ

२) भद्रेचाैर मोटरबाटो :५ लाख रुपैयाँ

३) स्वाबलम्बी जेलपात्ले आमा समूह भवन तथा मन्दिर व्यवस्थापन: ३ लाख रुपैयाँ

४) भिमगिठे मावि :४ लाख रुपैयाँ

५) रानी मन्दिर व्यवस्थापन : ३ लाख रुपैयाँ

६) बडिगाड रंगशाला निर्माण : ५ लाख रुपैयाँ

७) पातले लिफ्टिड खानेपानी : ६ लाख रुपैयाँ

८) बडिगाड रंगशाला निर्माण (थप): २ लाख ५० हजार रुपैयाँ

९) माझखर्क बालविकास केन्द्र मर्मत: २ लाख रुपैयाँ

१०) माईस्थान प्रा.वि. जाने पदमार्ग : १ लाख रुपैयाँ

  • वडा नम्बर ७ को साविक वडा नम्बर १ मै २८ लाख बजेट, २ वडालाई शुन्य
    साविक भिमगिठे गाउँविकास समिति वडा नम्बर १, ३, ४, ५, ६ र ७ भएको बडिगाड गाउँपालिका वडा नम्बर ७ मै बजेट विनियोजन गर्दा विभेद भएको पाइएको छ । थापाले साविक वडा नम्बर १ मा २८ लाख रकम विनियोजन गर्दा अन्य २ वटा वडामा बजेट शुन्य रहेको छ । साविक भीमगिठे ५ र वडा नम्बर ३ मा बजेट शुन्य रहेको पाइएको हो । यो सँगै वडा नम्बर ४, ६, ७ वटा वडामा भने १२ लाख मात्र बजेट विनियोजन गरेकी छन् ।

अन्य वडाहरुमा कति छ बजेट ?
बडिगाड गाउँपालिका वडा नम्बर १
बडिगाड गाउँपालिकाले वडा नम्बर १ लाई १२ लाख छुट्याएको छ । जसमध्ये दगापधेरा खेल मैदान ५ लाख, गरङधारा पैदल मार्ग ५ लाख, तिरतिरे खानेपानीका लागि २ लाख बिनियोजन गरेको छ ।

बडिगाड गाउँपालिका वडा नम्बर २
बडिगाड गाउँपालिकाले वडा नम्बर २ लाई २५ लाख ५० हजार छुट्याएको छ । जसमा आँटारी पदमार्ग ३ लाख, छत्रभुमी प्रवेशद्धार निर्माण ३ लाख, ओदर्दी सिचाइलाई ३ लाख, जिमी सक्न्यार खानेपानीका लागि ३ लाख, ओदर्दी जिमी पदमार्ग ३ लाख, बडरे खोला पदमार्ग १ लाख ५० हजार, सक्न्यार खेलमैदान ३ लाख, राक्से ढल निकाश २ लाख, राक्से प्रतिक्षालय ४ लाख बजेट विनियोजन गरिएको छ ।

बडिगाड गाउँपालिका वडा नम्बर ३
बडिगाड गाउँपालिकाले वडा नम्बर ३ मा कुल ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा देविस्थान माझगाउँ आमा समूह भवन ३ लाख, लब्धिखोला लितेपानी लखुके खानेपानी २ लाख, छेपाने सिँचाइ कुलो मर्मत २ लाख विनियोजन गरिएको छ ।

बडिगाड गाउँपालिका वडा नम्बर ४
बडिगाड गाउँपालिकाले वडा नम्बर ४ मा १२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । खोल्टेपानी सामुदायिक भवन २ लाख ५० हजार, दिपार घोक्रोक मोटरबाटो २ लाख ५० हजार, लौँगा मावि व्यवस्थापन ५ लाख, जिहानडाँडा धरचौर गोरेटोबाटो १ लाख, परम्परागत आरन सुधारका लागि २ लाख विनियोजन गरिएको छ ।

बडिगाड गाउँपालिका वडा नम्बर ५
बडिगाड गाउँपालिकाले वडा नम्बर ५ मा ३४ लाख बजेट विनियोजन गरेको छ । बडिगाड गाउँपालिका ७ पछि बढी बजेट विनियोजन गरिएको वडा हो। जसमा बालुवा तल्लो खौलार ठाडो कुलो निर्माण २ लाख, कालिमाटी थाम्का खुर्दल गोरेटोबाटो ३ लाख, टारी ढल निकाश २ लाख, दाँग लाकुरीबोट खेलमैदान १ लाख, गोहेलीखोला खाल सिचाई १ लाख, सिमाक खेल मैदान तथा महिला सामुदायिक भवन ६ लाख, ग्वालीचौर कभर्ड हल ५ लाख, अन्नपूर्ण मन्दिर व्यवस्थापन ४ लाख, खार खेलमैदान २ लाख, बादिप खानेपानी ३ लाख,रुद्रावती बालविकास १ लाख र चमेरेगुफा खेल मैदान ३ लाख विनियोजन गरिएको छ ।

बडिगाड वडा नम्बर ६
बडिगाड गाउँपालिकाले वडा नम्बर ६ मा ११ लाख ५० हजार बजेट विनियोजन गरेको छ । जसमा बुद्ध मावि व्यवस्थापन ५ लाख, बडिगाड दलित भवन व्यवस्थापन ५० हजार , सुरकुडे प्रावि व्यवस्थापन ३ लाख, छिस सिँचाइ ३ लाख विनियोजन गरिएको छ ।

बडिगाड गाउँपालिका वडा नम्बर ८

बडिगाड गाउँपालिकाले वडा नम्बर ८ मा २७ लाख विनियोजन गरेको छ । जसमा फोर्सा छहराबोट भटेनी उपल्लो खण्ड मोटरबाटो १० लाख, फोर्सा खानेपानी २ लाख, भेडिखोर आमा समूह भवन व्यवस्थापन ५ लाख, र रणसिंहखोला देखि बाडुलीडाँडा नेटाखर्क मोटरबाटो १० लाख विनियोजन गरिएको छ ।

बडिगाड गाउँपालिका वडा नम्बर ९

बडिगाड गाउँपालिकाले वडा नम्बर ९ मा २२ लाख ५० हजार विनियोजन गरेको छ । जसमा रिखेधारा जोड्ने मोटरबाटो ३ लाख, जागिर गैराबारी कृषि सडक ६ लाख, राँकिचौर राम मन्दिर पदमार्ग ४ लाख, जनता मावि व्यवस्थापन ५ लाख, दलित मण्डली ट्रस निर्माण १ लाख ५० हजार, बुढाथोकी टोल संरक्षण तथा तटबन्ध ३ लाख, तोरीखर्क मर्काबाङ रानीखर्क हुँदै गाव ढिकसम्म पदमार्ग निर्माण ३ लाख बजेट विनियोजन गरिएको छ ।

बडिगाड गाउँपालिका वडा नम्बर १०
बडिगाड गाउँपालिकाले वडा नम्बर १० मा १७ लाख बजेट विनियोजन गरेको छ । जसमा चिसापानी आमा समूहको भवन २ लाख, लगनशील आमा समूह भवन २ लाख, भानु मावि ५ लाख, चौर खोर देउराली मोटरबाटो ५ लाख, उपल्ल्चौर बजैनी पात्ले झुल्केपोखरी सम्मको गोरेटोबाटो ३ लाख बजेट विनियोजन गरिएको छ ।

2083 final page 0013 https://newskhari.com/storage/2026/07/Badigad_gaupalika-2.jpg 2083 final page 0014 https://newskhari.com/storage/2026/07/Badigad_gaupalika-2.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित