काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज बस्ने सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन सहभागी हुने भएका छन्।
संसद् अवरुद्धलगायत समसामयिक विषयमा अहिले बिहान ९ बजे सिंहदरबारस्थित संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा सर्वदलीय बैठक बस्दै छ।
जसमा सहभागिताका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षरसभापतिसहित दुईरदुई जनालाई आमन्त्रण गरिएको छ।
तर नेकपाका संयोजक प्रचण्ड अस्वस्थ भएकाले सर्वदलीय बैठकमा सहसंयोजक नेपाल र नेता पुन सहभागी हुने भएका हुन्।
नेकपाका प्रमुख सचेतक युवराज दुलालका अनुसार प्रचण्ड अस्वस्थ भएकाले बैठकमा नजाने भएका हुन्।



































