कोरला नाकाबाट विभिन्न जिल्ला लगिँदै गरेका ७५० विद्युतीय गाडी प्रहरी नियन्त्रणमा

काठमाडाैं । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङदेखि कास्कीसम्मको सडकबाट ती गाडी नियन्त्रणमा लिइएको हो ।

बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै ती गाडी नेपाल भित्रिएको बताइएको छ । गाडीहरू विभिन्न जिल्लामा लैजान लागेको सूचना पाएपछि नेपाल प्रहरीसँगको समन्वयमा सशस्त्रले ती गाडी नियन्त्रणमा लिएको हो ।

बरामद गाडी नम्बर प्लेट बिनाका हुन् । शङ्का लागेर नियन्त्रणमा लिइएका ती गाडीका कागजात भन्सारसँगको समन्वयमा चेकजाँच गरिने ती अधिकृतले बताए । उनले भने, ‘कागजात हेर्छौँ, त्रुटि नदेखिए फिर्ता गछौँ, त्रुटि देखिएमा भन्सार कार्यालयबाट कानुन अनुसार हुन्छ ।’

बजेट वक्तव्यमा करको दर हेरफेरको सूचना लिक भएपछि ती गाडी आयात गरिएको आशङ्का गरिएको छ । कास्की र पर्वत लगायतका ठाउँमा ती गाडी सशस्त्र प्रहरीले होल्ड गरेर राखेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित