नयाँ दिल्लीमा रास्वपा सभापति रवि र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।

भारतको भ्रमणमा रहेका लामिछानेले बुधबार दिउँसो भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन्। लामिछानेसँगको भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले खुशी लागेको जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत मिलेर काम गर्ने लामिछानेको चाहनामा सहमति रहेको बताएका छन्।

मोदीले लेखेका छन्, ‘साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई म स्वागत गर्दछु र यसमा मेरो पूर्ण सहमति छ।’

दुई देशबीचको विशिष्ठ एवं बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउने नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक रहेको मोदीले उल्लेख गरेका छन्। ‘हाम्रो छिमेकी पहिलो नीतिअन्तर्गत नेपाल पहिलो साझेदार हो र हाम्रा दुई देशबीचको विशिष्ट एवं बहुआयामिक सम्बन्धलाई अझ उच्च उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ,’ मोदीले भनेका छन्।

नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।

यसअघि लामिछानेले मंगलबार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीन, विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहसहितका नेतासँग भेटवार्ता गरेका थिए। उनी जेठ १८ गते भारत भ्रमणमा गएका थिए। उनी जेठ २२ गते नेपाल फर्किने कार्यतालिका छ।

लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित