मिथिलाका मेयर महतोमाथि भ्रष्टाचार र शक्ति दुरुपयोगको आरोप

काठमाडौं । धनुषाको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले स्थानीयवासी तथा व्यापारी अनावश्यक दुःख दिने गरेको पाइएको छ । उनीमाथि दादागिरी शैलीमा स्थानीयलाई दुःख दिने, कमिशन बिना कुनै काम नगर्ने तथा क्रसर उद्योगीको आडमा शक्ति प्रदर्शन गर्नेलागयतका आरोप स्थानीयले लगाएका छन् ।

स्थानीयका अनुसार मेयर महतो यसअघि गाउँमा गुण्डागर्दी गर्दै आएको स्थानीयको आरोप छ । उनीमाथि २०५२ सालमा काठमाडौं प्रहरी परिसरमा सार्वजनिक अपराध सम्बन्धी मुद्दा समेत चलेको थियो। उनी आफूलाई शक्तिशाली पहुँच भएको व्यक्तिका रूपमा प्रस्तुत गर्दै स्थानीयलाई धम्क्याउने गरेको आरोप छ।

एक स्थानीयका अनुसार उनले आफू नेपाल प्रहरीको डीएसपी स्तरको व्यक्ति भएको भन्दै धाकधम्की दिने गरेका छन्। यद्यपि, उनी काठमाडौं महानगरपालिकामा सई पदबाट डीएसपीसम्म पुगेका ब्यक्ति हुन् ।

उनी महानगरको प्रहरी हुँदा राजधानीका होर्डिङ बोर्ड व्यवसायी तथा कालीमाटी तरकारी तथा फलफूल बजार क्षेत्रबाट समेत रकम असुली गर्ने गरेको आरोप लागेको थियो ।

उनकै सेटिङमा औरही खोलाबाट अवैध नदीजन्य पदार्थ उत्खनन भइरहेको छ । एक नगर कार्यापालिका सदस्यका अनुसार मेयर महतोले तिनै क्रसर व्यवसायीहरूको आर्थिक सहयोगमा चुनाव जितेका थिए र अहिले पनि उनीहरूको संरक्षणमा लागेका छन् ।

कतिपय स्थानीयले नगरपालिकामा सिफारिस पत्रदेखि विकास योजनासम्म कुनै पनि काम बिना पैसा नहुने गुनासो गरेका छन् ।

मेयर महतोको राजनीतिक जीवन पनि विवादित छ । नेपाली कांग्रेस धनुषाको क्षेत्रीय समितिले उनलाई पार्टी अनुशासन विपरीत गतिविधि गरेको भन्दै ६ वर्षका लागि पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको थियो।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित