अध्यादेशबारे राष्ट्रपति पौडेलले आज कानुनविद्हरूसँग परामर्श गर्ने

काठमाडौं । सरकारले पेस गरेका अध्यादेशहरूका सम्बन्धमा राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुनविद्हरूसँग छलफलको तयारी गरेका छन्।

राष्ट्रपति पौडेलले बिहीबार दिउँसो ४ बजे छलफलका लागि कानुनविद्हरूलाई राष्ट्रपति कार्यालयमा बोलाएका हुन्। छलफलमा महान्यायाधिवक्तासँगै संवैधानिक कानुनका जानकारहरूलाई खबर गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

बालेन शाह नेतृत्वको सरकारले संसद्लाई छलेर ६ वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पेस गरेको छ। जसको विपक्षी दलसहित संविधानविद्हरूले बिरोध गरिरहेका छन्।

राष्ट्रपति कार्यालयले भने सरकारले पेस गरेका अध्यादेशहरू अध्ययनकै चरणमा रहेको जनाएको छ। अध्यादेश जारी गर्ने कि नगर्ने भन्ने निर्णय लिनुअघि राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग परामर्श लिन लागेका राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। सरकारले अध्यादेशमार्फत् ४० भन्दा धेरै कानुन संशोधनको तयारी गरेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित