इरानी उर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग उपलब्धी मुलक वार्ता गरे पछि इरानी उर्जा पुर्वाधार विरुद्धको आक्रमण पाँच दिनका लागि स्थगित गरेको बताएका छन् । यद्यपि इरानले भने वार्ता भएको कुरा अस्वीकार गरेको छ ।

यदि इरानले ४८ घण्टा भित्र हर्मुजको जलक्षेत्र पूर्ण रूपमा नखोलेमा सम्पुर्ण इरानी पुर्वाधारहरु नष्ट गर्ने ट्रम्पको धम्कीपछि आक्रमण स्थिगितको सुचना आएको जनाइएको छ ।

इरानले शान्ति वार्ताको दावीलाई अस्वीकार गर्दै द्वन्द्वरत स्थिति कायम रहेको जनाएको छ । इरानी संसदका प्रमुख मोहम्मद बाघेर घालीबाफले तेहरान वासिङ्टनसँग वार्ताका लागि अझै तयार नभएको सुझाव दिएका छन् ।

इरानी जनताले आक्रमणकारीहरूलाई सजायको माग गरेको गालिबफले ट्रम्पको टिप्पणीको जवाफमा उल्लेख गरे । संयुक्त राज्य अमेरिकासँग कुनै वार्ता नभएको पुष्टि गर्दै उहाँले ट्रम्पको पछिल्लो प्रयास वित्तीय र तेल बजारलाई सहजीकरण गरी स्थिती सहज बनाउने बाहानावाजी भएको बताएका छन् ।

इरानको फार्स समाचार एजेन्सीले ट्रम्पसँग सम्पर्क नभएको बताएको छ, भने विदेश मन्त्रालयले ट्रम्पको टिप्पणी सैन्य योजनाका लागि ऊर्जाको मूल्य घटाउने र वजार सन्तुलन गर्ने प्रयास भएको जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित