‘स्ट्रेट अफ हर्मुज’ खुला गर्न इरानलाई ४८ घन्टाको अल्टिमेटम

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साँघुरो जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्न इरानलाई ४८ घन्टाको अल्टिमेटम दिएका छन्। आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसियलमा पोस्ट लेखेर ट्रम्पले ४८ घन्टाभित्र हर्मुज पूर्ण रूपमा खुला गर्न इरानलाई चेतावनी दिएका हुन्।

इरानले त्यसो नगरे उसका प्रमुख विद्युत उत्पादन केन्द्र ध्वस्त बनाउने ट्रम्पले धम्की दिएका छन्।

‘४८ घन्टाभित्र इरानले यदी हर्मुज पूर्ण रूपमा खुलाउँदैन भने अमेरिकाले उसका विभिन्न विद्युत केन्द्रहरू ध्वस्त पार्नेछ। र त्यसको सुरूवात सबैभन्दा ठूलो केन्द्रबाट सुरू हुनेछ,’ ट्रम्पले लेखेका छन्। हर्मुज जलमार्गबाट विश्व बजारमा पुग्ने २० प्रतिशतभन्दा बढी पेट्रोलियम र इन्धनजन्य पदार्थ ढुवानी हुन्छ।

इरानले यो मार्ग प्रयोग गर्ने अमेरिकी र इसराइली तथा उसलाई समर्थन गर्ने देशका जहाजहरूलाई निशाना बनाएर आक्रमण गरिरहेको छ। जसकारण यो मार्ग बन्दप्रायः छ।

भारतीय जहाजहरूलाई भने इरानले यो जलमार्ग प्रयोग गर्न दिएको भनिएको छ। भारतले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको विषयमा समवेदना व्यक्त गरेपछि इरानले उसका जहाजलाई सो मार्ग प्रयोग गर्न दिएको भनिएको छ।

हर्मुज बन्द भएपछि विश्वबजारमा तेलको भाउ बढेको छ। युद्ध सुरू हुनुभन्दा अगाडि ७० डलर प्रतिब्यारोलसम्म मूल्य रहेको कच्चा तेलको भाउ तीन सातामै भाउ बढेर सय डलरभन्दा माथि पुगेको छ।

अमेरिकाले आफ्नो भण्डारबाट तेल निकालेर बजार पठाएको भए पनि मूल्य नियन्त्रणमा आएको छैन । इरानमा हाल सर्वोच्च नेता रहेका मोज्तबा खामेनी उनका बुवा अली खामेनीभन्दा कट्टर मानिन्छन्। मोज्तबाले हर्मुजमा आक्रमण जारी राख्न भनेर यसअघि इरानी सैन्य बलहरूलाई निर्देशन दिएका थिए।

ट्रम्पले शुक्रबार मात्रै इरानमाथि आक्रमणको उद्धेश्यहरू लगभग सबै पूरा भइसकेको दाबी गरेका थिए । उनले इरानको मिसाइल क्षमता, प्रतिरक्षा प्रणाली ध्वस्त पारेको दाबी गरेका थिए। आणविक हतियार कार्यक्रम पनि सुरू गर्न नसक्नेगरी ध्वस्त पारिएको दाबी ट्रम्पले गरेका थिए। त्यसकारण अब इरानमाथिको कारबाही घटाउने विषयमा आफूले सोचिरहेको ट्रम्पले बताएका थिए।

हर्मुजको सुरक्षाको विषयमा भने ट्रम्पले त्यो मार्ग प्रयोग गर्ने अरू देशहरूले पनि जिम्मा लिनुपर्ने बताएका थिए। अरू देशहरूले आग्रह गरेको अवस्थामा अमेरिका सहायताका लागि तयार रहने उनले बताएका थिए। यद्यपि त्यहाँ पनि इरानी सैन्य क्षमता ध्वस्त पारिसकेका कारण फेरि अमेरिका आउनुपर्ने आवश्यकता नरहने दाबी उनको थियो। शुक्रबार इरानमा आक्रमण कम गर्ने बताएका ट्रम्पले शनिबार नै पुनः ध्वस्त पार्ने चेतावनी दिएका हुन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित