सुटुक्क सर्वोच्च अदालत पुगेर फर्किए बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बिहीबार अचानक सर्वोच्च अदालत पुगे । खासमा उनी अदालतको अवहेलना मुद्दाको तारिख बुझ्न सर्वोच्च पुगेका हुन् ।

बालेन झापा निर्वाचन क्षेत्र नम्बर ५ बा प्रतिनिधिसभा सदस्यको उमेदवार छन् । यो क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत अन्य उमेदवार छन् ।

रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन चुनावी अभियानमा देश दौडाहामा छन् । मधेसको चुनावी यात्राबाट बुधबार (माघ २८) साँझ मात्रै उनी सिमरा विमानस्थलबाट काठमाडौं फर्किएका थिए ।

बुधबार काठमाडौं आएका बालेन बिहीबार दिउँसो सर्वोच्च अदालत पुगे । ‘एनेक्स विल्डिङ’को साँगुरो भित्री बाटोहुँदै पछाडि सिंहदरबार साइडमा रहेको नयाँ भवनमा प्रवेश गरे । सरासर भुँइतलाको कुनामा रहेको २१ नम्बर मुद्दा फाँटमा पुगे ।

बालेन २ बज्न ५ मिनेट बाँकी छँदा सर्वोच्च प्रवेश गरेका थिए । सर्वोच्च स्रोतका अनुसार उनी आफूविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा तारिख बुझ्न पुगेका हुन् ।

उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेपछि त्यतिबेला मेयर रहेका बालेनले कडा अभिव्यक्ति दिएका थिए । सामाजिक सञ्जालमार्फत् छिमेकी मित्रराष्ट्रसँग अदालत र सरकारलाई जोडेर आपत्तिजनक लाञ्छना लगाएको जिकिरसहित अधिवक्ता वर्षा कुमारी झाले अवहेलना मुद्दा दर्ता गरेकी थिइन् । बालेनले अदालतको आदेश नमान्ने घोषणा गरेको दाबीसहित उनीमाथि कारबाहीका लागि अधिवक्ता झाले अवहलेना मुद्दा दिएकी हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित