आइतबार सर्वोच्च अदालत जाने देउवा समूहको निर्णय

काठमाडौं । कांग्रेसको आधिकारिकताका लागि नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह आइतबार सर्वोच्च अदालत जाने भएको छ ।

आज सानेपामा बसेको बैठकपछि नेता प्रकाशशरण महतले निर्वाचन आयोगको निर्णयविरुद्ध भोलि सर्वोच्च अदालत जाने बताए ।

‘भोलि हामी यसको खिलाफमा सर्वोच्च अदालतमा जान्छौँ, तपाईंहरूलाई थाहा छँदै छ निर्वाचन आयोगले हामीलाई बोलाउँदा पनि नबोलाइकन हाम्रो पक्षलाई बोलाएर सुन्ने औपचारिकता पनि उहाँहरूले पूरा गर्नु भएन । यो नजिर हाम्रो विधान र निर्वाचनसम्बन्धी व्यवस्थाको पालना नगरेको ठहर छ’, महतले भने, ‘यो अन्यापूर्ण र दूषित मनसायपूर्ण निर्णय भएको हुनाले सर्वोच्च अदालत नै हाम्रो सुनवाइ गर्ने ठाउँ हो । त्यस हुनलो सर्वोच्च अदालतमा यसमा जान्छौँ ।’

उनले अहिले कानुनी लडाइँ लड्ने र राजनीतिक लडाइँबारे पछि निर्णय गर्ने जानकारी दिए । बैठकको निर्णय सुनाउँदै महतले भने, ‘निर्वाचन आयोगले २०८२ साल माघ २ गते एकलौटी रूपमा गरेको निर्णय दुराशयपूर्ण छ, आयोगले हामीलाई बोलाएर सुन्ने काम पनि गरेन, आयोगको स्थापित नजिर र निर्वाचनसम्बन्धी व्यवस्था पालना नभएकाले आइतबार हामी सर्वोच्च अदालतमा कानुनी उपचारका लागि जान्छौँ ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित