हङकङमा भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुग्यो

काठमाडौं । हङकङको एक आवासीय क्षेत्रमा भीषण आगलागीमा परी मृत्यु हुनेको संख्या ९४ पुगेको छ । ७६ जना घाइते छन् । करिब ३०० जना सम्पर्कविहीन छन् ।

बुधबार ताई पो जिल्लाका आठमध्ये सात भवनमा फैलिएको आगो अब नियन्त्रणमा रहेको जनाइएको छ । सुरक्षा कमजोरीका कारण मानिसमा आक्रोश बढेको एक बासिन्दाले बताएका छन् । ती स्थानीयले भने, “यो दुर्घटना रोकिन सक्थ्यो ।”

आगलागीका बेला उक्त कम्प्लेक्समा कति मानिस उपस्थित थिए भन्ने स्पष्ट छैन । कम्प्लेक्समा लगभग ४६ सयजना बसोबास गर्ने गरेका तथ्यांक छ ।

भवनमा कसरी आगलागी भयो भन्ने पनि यकिन भइसकेको छैन । भवनको बाहिर प्रयोग गरिएको सामग्री आगो रोक्न सक्ने गुणस्तरको ९फायरप्रुफ० नरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित