काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
संगठित अपराध र भन्सार ऐन बमोजिमको कसुरअन्तर्गत उनीविरुद्ध पूरक अभियोगसहित मुद्दा दायर भएको थियो ।
उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गत आइतबार महरालाई उनकै निवासबाट पक्राउ गरेको थियो ।
भेपमार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख महराको बयान मंगलबार नै सकिएको थियो । मंगलबार बिहान १० बजेदेखि शुरू भएको बयान साँझ अबेर सकिएपछि आज थुनछेक बहससँगै आदेश भएको छ ।


































