बुटवलमा एमाले र जनमुक्ति पार्टीबीच गठबन्धन

रुपन्देही। लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलमा आगामी स्थानीय निकायको निर्वाचनमा बुटवल उपमहानगरपालिकाको मेयर, उपमेयरको लागि सत्तारुढ गठबन्धन संग प्रतिष्पर्धा गर्नका लागि शनिबार बुटवलमा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीले निर्वाचनमा मिलेर अगाडि बढ्ने भन्दै सहमति गरेका छन् ।

निर्वाचन मिति नजिकिँदै गर्दा केही दिन अघि सम्म कुनै दल संग सहमति नगरी गठवन्धन लगायत अन्य दलहरुसँग एक्लै चुनाव लड्ने वताउँदै आएको एमालले अन्ततः बुटवल उपमहानगरपालिकामा भने उक्त पार्टी संग सहमति गरेको छ।

संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि दोस्रो पटक स्थानीय तहको चुनावमा नेकपा एमाले बुटवल उपमहानगरपालिकाका अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टीका बुटवल उपमहानगरपालिका अध्यक्ष भेकबहादुर सारु मगरद्धारा हस्ताक्षरित सहमति पत्रमा उपमहानगरको प्रमुख तथा उपप्रमुख सहित सबै वडाध्यक्ष समेत ८६ पदहरुमा राष्ट्रिय जनमुक्ति पार्टीले एमालेको पक्षमा मतदान गर्ने र राष्ट्रिय जनमुक्ति पार्टीले प्राप्त गरेका ११ जना सदस्यको पदमा नेकपा एमालेले जनमुक्ति पार्टीका उम्मेदवारलाई मतदान गर्ने सहमति भएको उल्लेख छ ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच सहमति भएसँगै निर्वाचन कार्यालय स्थापना, प्रचार–प्रसार कार्यालय अन्य कार्यहरु संयुक्त रुपमा सञ्चालन गरिने हस्ताक्षरित सहमतिमा स्पष्ट खुलाइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित