राज्यमन्त्री अरुणकुमार चौधरीले आज राजीनामा बुझाउँदै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीले सोमबार बिहान राजीनामा बुझाउँदैछन्।

आइतबार नै राजीनामा बुझाउने तयारी गरेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओली बेली ब्रिज उद्घाटन गर्न हुम्ला गएकाले रोकिएको नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन्।

‘प्रधानमन्त्रीज्यू राति १० बजेमात्रै फर्कनुभएछ। आज बिहान राजीनामा बुझाउँदैछौं। प्रधानमन्त्री भेटिनुभयो भने उहाँलाई दिन्छौं। नत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गर्छौं,’ उनले भनिन्, ‘पत्र दर्ता भएपछि राजीनामा दिएको भइहाल्यो।’

शनिबार बसेको नाउपा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट पनि हट्ने निर्णय गरेको थियो। नाउपाले सरकारलाई दिएको समर्थन फिर्तासँगै प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने भएको छ।

संविधानको धारा १०० को उपधारा २ मा, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ,’ भन्ने उल्लेख छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित