दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) दुबईमा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ (एलएलसी) पुनः सञ्चालनमा आएको छ । नयाँ कन्सेप्टसहित नेपालीको पहिलो गेष्टहाउस (पाहुना घर) आठ वर्षदेखि सञ्चालनमा आएको थियो । उक्त रेष्टुरेन्ट तीन महिना बन्द थियो पुनः सञ्चालनमा आएको हो ।

दुबईमा दुई दशक भन्दा बढी बसोबास गरिरहेका युवा व्यवसायी राजेन्द्र गुरागाईंले उक्त रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन् ।नेपालीहरु बढी भएको बरदुबईमा एलएलसीले नेपाली परिकार पस्किने मात्र नभई नेपालीपनकै झल्को दिनेगरी सञ्चालनमा ल्याइएको व्यवसायी गुरागाईंले जानकारी दिए ।

सन् २०१८ मार्च २३ देखि सञ्चालनमा रहँदै आएको उक्त रेष्टुरेन्ट ३ महिना दुबई सरकार तथा दुबई नगरपालिकाले आन्तरिक कार्यका लागि भन्दै बन्द गरेको थियो ।

उनका अनुसार जुन ४, २०२५ मा दुबई सरकार र नगरपालिका तथा दुबई अदालतले विधिवत रूपमा नेपालीकै नाममा अनुमति प्रदान गरिसकेको छ । नयाँ व्यवस्थापन नयाँ सजावटसहित पुनः सञ्चालनमा ल्याइएको गुरागाईले बताए ।

नेपाली समुदायको बाहुल्य रहेको बरदुबईमा दुबई सरकारको सम्पदा सूचीमा रहेको भवन भित्र सञ्चालनमा आएको छ । उक्त रेष्टुरेण्टमा नयाँ–नयाँ नेपाली परिकारको स्वाद चाख्न पाइने सञ्चालक गुरागाईंले जानकारी दिए ।

रेष्टुरेण्ट सम्पूर्ण ग्राहक तथा सेवाग्राहीहरुलाई खुला भइसकेको उनको भनाइ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित