रेशम चौधरीलाई पक्राउ गर्नू भनि पत्र लेखेका महिमान सिंहले प्रहरीलाई दिए यस्तो बयान

काठमाडौं । सर्वोच्च अदालतका अधिकृत महिमान सिंह विष्टले आफूले रेशम चौधरीलाई पक्राउ गर्नू भनी लेखेको पत्र ‘होस’ मै लेखेको बयान दिएका छन् । हिरासतमा रहेका विष्टले प्रहरीसँगको प्रारम्भिक बयानमा यस्तो बताएका हुन् ।

सर्वोच्चका अधिकृतसमेत रहेका विष्टले चौधरीलाई पक्राउ गर्नू भनी लेखेको पत्र आधिकारिक नभएको पाइएपछि विष्टलाई नै पक्राउ गरिएको थियो । प्रहरी हिरासतमा रहेका विष्टले आफूले होसमै लेखेको र राष्ट्रपतिबाट आममाफी दिनु गलत भएको प्रारम्भिक बयान दिएका छन् । विष्ट आफैँले पत्र लेखेर सर्वोच्चका प्रहरीको सहयोगमा कारागार पुगेको बताएको प्रहरीले जनाएको छ ।

उनले सर्वोच्चमा खटिएका प्रहरीलाई सहयोग मागेर आफू कारागार पुगेको प्रारम्भिक बयानमा उल्लेख गरेको स्रोतले जानकारी दियो । उनलाई के कारबाही गर्ने भन्ने विषयमा आन्तरिक छलफल भएको प्रहरीले जनाएको छ ।

“मैले प्रहरीलाई मलाई थप सहयोग चाहियो भनेँ, प्रहरीको मद्दत लिएर पत्र लिएर गएको हुँ,” उनको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित