जनता खोज्दैछन् परिवर्तन,
सत्ता लुछ्ने खेल चलेछ यहाँ, छैन कुनै बलिदान ।
हातमा कुर्सी, मनमा आफन्त, आँखामा लोभ,
जसले पायो, उहीँ अघि बढेछ, जनताको कहिल्यै मरेन रोग र भोक।
पुरानो पार्टी र नयाँ पार्टीको द्वन्द्वमा,
जनताको मन बिझ्न थालेछ, नयाँ पुरानो दुबैमा ।
नकारात्मकताले देश विस्तारै ढाक्दै,
देशको मुहार निराशा, असन्तुष्टि र मलिन भयो बाक्लै।
चाहिन्छ उज्यालो देशलाई, कुर्सी मोह त्याग्न अनुरोध,
सबै जुटी, सबै मिली देश अघि बढाऔं, नगरौँ अवरोध।
नयाँ पुस्ता सक्षम, अघि बढ,
नयाँ नेपाल सुरूवातको किताव पढ।
-रविन्द्र ढकाल

































