अरूले पिठो बिकाए, हामीले चामल बिकाउन सकेनौं : मन्त्री पौडेल

पोखरा ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माओवादी पार्टीप्रति जनताले धेरै आशा गरेको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्की समितिको बैठकलाई शनिबार सम्बोधन गर्दै मन्त्री पौडेलले माओवादीप्रति जनताको आशा धेरै रहेको बताएका हुन् ।

“जनयुद्धमा जनतालाई जुन सपना देखाएका थियौं, त्यसमा माओवादी टुटफुट र विभाजन हुँदा मुद्दा कमजोर हुने अवस्था आयो, उनले भने, “पार्टी कमजोर भएपनि माओवादीप्रति जनताले धेरै आशा गरेका छन् ।”

मन्त्री पौडेलले संघीयता, धर्मनिरपेक्षता, संविधानबाट संविधान जस्ता उपलब्धी माओवादीले ल्याएको बताउँदै प्रचार नगर्दा अर्केले फाइदा उठाएको समेत आरोप लगाए ।

“अहिलेको व्यवस्थामा माओवादीहरूले गर्व गर्नुपर्छ, किन कि नेपाल अहिले जुन राजनीतिक कोर्समा अगाडि बढेको छ, त्यो माओवादीकै लाइनमा छ,” उनले भने, “संविधानसभाबाट संविधान, संघीयता, गणतन्त्र माओवादीका उपलब्धि हुन् । माओवादीको बाटोमा अरु सबै दल आएका हुन् । यति थुपै उपलब्धी प्राप्त गर्दा पनि माओवादीले प्रचार गर्न जानेन, अरुले पिठा बिकाए, हामीले चामल बिकाउन सकेनौं ।”

मन्त्री पौडेलले माओवादीले ल्याएको एजेन्डालाई संस्थागत गर्नको लागि माओवादी निकट पत्रकारले आक्रामक ढंगले प्रचार मोर्चामा लाग्न निर्देशन दिए । उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले उपलब्धीलाई रक्षा गर्न हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए ।

उनले प्रेस सेन्टरका पत्रकारहरूले व्यवसायीक दक्षतामा समेत वृद्धि गर्नुपर्ने बताउँदै आफ्नै मिडियाको विकास, अन्य मिडियामा हस्तक्षेपकारी प्रचार र शोसल मिडियाको प्रभावकारी उपयोग गरेर अगाडि बढ्न आग्रह गरे ।

 

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित