कामीरिता शेर्पाद्वारा २८ औंपटक सगरमाथाको आरोहण

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २८औँपटक सगरमाथाको सफल आरोहण गरेका छन् । उनी आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको शिखरमा पुगेको सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ ।

यो सिजनमा उनले दोस्रोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् । उनी यही जेठ ३ गते २७औँपटक आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगेका थिए ।

कामीरिता सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका थिए । २८औँपटक सगरमाथाको आरोहण गरेसँगै उनले नयाँ कीर्तिमान बनाएका छन् । उनी सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने व्यक्ति हुन् । उनीपछि पासाङ दावा शेर्पा छन् । उनले पनि २७ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । उनले यसअघि कामीरिताको कीर्तिमानसँग बराबरी गरेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित