किन फर्फराउँछ आँखा ? यस्ता छन् कारण

काठमाडौँ । धेरै मानिस आँखा फर्फराउँदा सगुन वा अपसुगन हुने मान्यता राख्दछन् । सामुन्द्रिक शास्त्रअनुसार आँखा फर्फराउँदा अलग(अलग संकेतका रुपमा बुझ्न सकिन्छ। पुरुषको दाँया आँखा फर्फराएको शुभ मानिन्छ भने महिलाको बाँया आँखा फर्फराउनु शुभ मानिन्छ।

सामुन्द्रिक शास्त्रका अनुसार पुरुषको दाँया आँखा फर्फराउनु शुभ हुन्छ । यो आँखा फर्फराउँदा पुरुषका सबै इच्छा पुरा हुने, पदोन्नति वा धन लाभ हुने मान्यता छ । तर महिलामा भने यो आँखा फर्फराउनु अशुभ मान्निछ।

यस्तै पुरुषको बायाँ आँखा फर्फराउँदा अशुभ मानिन्छ भने महिलामा भने विशेष लाभ वा शुभ योगको संकेत मानिन्छ। महिलाको बाँया आँखा फर्फराएमा सुनचाँदी लगायत गहना वा कारोबारमा लाभ मिल्ने मान्यता रहेको छ । तर सबै बेला आँखा फर्फराउनुमा शुभ संकेत नहुन पनि सक्छ ।

आँखा फर्फराउनुमा यस्ता छन् वैज्ञानिक कारण।

१) तनाव
कतिपय अवस्थामा तनावका कारणले पनि आँखा फर्फराउन सक्छ। तनाव हुदाँ पूर्ण निन्द्रा नपुग्दालगायत कारणले यो समस्या हुन सक्छ। तसर्थ पूर्ण निदाउने प्रयास गर्नु पर्दछ।

२) थकान
अत्यधिक थकान भए आँखामा समस्या भई यो समस्या हुन सक्छ। यसबाहेक आँखामा हुने थकान वा कम्यूटर, ल्यापटपमा बढी समय काम गर्दा पनि यस्तो समस्या देखिन्छ।

३) आँखामा समस्या
आँखामा मांसपेशी सम्बन्धित समस्या हुँदा आँखा फर्फराउन सक्छ। लामो समयदेखि आँखामा यस प्रकारको समस्या देखिए आँखाको जाँच गर्नु पर्दछ ।

४) सुख्खापन
आँखामा सुख्खापन भएमा पनि आँखा फर्फराउने समस्या हुन सक्छ । यस अलावा आँखामा एलर्जी भइ पानी आए, चिलाएमा पनि यो समस्या हुन सक्छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित