जसपाबाट अलग भए उपराष्ट्रपति रामसहायप्रसाद यादव

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएका छन्। यादव उपराष्ट्रपति भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले उनको राजीनामा स्वीकृत गरेका छन्।

पार्टी प्रवक्ता मनिषकुमार सुमनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत भएको जनाएका छन्। यादव जसपा नेपालको केन्द्रीय समितिसँगै केन्द्रीय कार्यकारिणी समितिका सदस्य थिए।

स्वतन्त्र तथा संवैधानिक भूमिकाको पद मानिने राष्ट्रपति, उपराष्ट्रपति पदमा निर्वाचित भएपछि पार्टीको पदबाट राजीनामा दिने प्रचलन छ।
नवनिर्वाचित उपराष्ट्रपति यादवले आज ९सोमबार० पद तथा गोपनीयताको शपथ लिँदैछन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित