चर्चामा एलिना चौहान : भन्छिन्-‘तिमीलाई सोचेर मेरा विपनाहरु बित्छन्’

काठमाडौं । गायिका एलिना चौहान पछिल्लो समय आफ्नो प्रेम जीवनका कारण पनि थप चर्चामा छिन् । अस्ट्रेलियामा बसोवास गर्दै गाएका विष्णु सापकोटासँग उनले टिकटकमा राख्ने भिडियोले उनीहरू प्रेममा रहेको चर्चा चलेको थियो ।

अस्ट्रेलियाको ​साङ्गीतिक भ्रमण सकेर केही दिनअघि मात्रै फर्किएकी एलिनाले त्यहाँ रहँदा विष्णुसँग लगातार टिकटक भिडियोहरू पोष्ट गर्ने गरेकी थिइन् । अब भने एलिना आफ्नो प्रेम जीवन गुपचुप राख्ने मनस्थितिमा नरहेको देखिन्छ ।

उनले इष्टाग्राममा विष्णुसँगको तस्वीर राख्दै प्रेमिल शब्दहरु कोरेकी छिन् । उनले लेखेकी छिन्, –‘तिमीलाई सोचेर मेरा विपनाहरु बित्छन् । तिम्रो सपना देखेर मेरो निद्रा पूरा हुन्छ । तिमीसँग हुँदा म जिउँदो अनुभव गर्छु ।’

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको अस्ट्रेलिया शाखाका अध्यक्षसमेत रहेका विष्णु कार्यक्रम आयोजक समेत हुन् । उनले केही गीतहरूमा स्वर समेत दिएका छन् । गीत लेख्ने समेत गर्दै आएका विष्णुले एलिनासँग ‘बाजा तालमा’बोलको गीतमा स्वर दिएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित