धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा मंगलबार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
जसअनुसार प्रदेशका कैलाली र कञ्चनपुरमा बिदा हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको सूचनामा उल्लेख छ ।
































