पूर्वाधार विकास कार्यालयका इन्जिनियरमाथि गोली प्रहार

काठमाडौं । पूर्वाधार विकास कार्यालय सर्लाहीका सवइन्जिनियर प्रमोद यादवमाथि गोली प्रहार भएको छ।

आइतवार साँझ करिब ८ बजे उनको डेरामै गोली हानिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए। घाइते यादवको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ। सिरहा निवासी सव–इन्जिनियर यादव मलंगलवा नगरपालिका १० अदालत नजिकै डेरा गरी बस्दै आएका थिए।

उनी कोठमामा बसिरहेका बेला गोली प्रहार गर्ने व्यक्तिले बाहिर बोलाएका थिए। बाहिर निस्किनै लाग्दा बार्दलीमै गोली प्रहार गरी आक्रमणकारी फरार भएको स्थानीयलाई उदृत गर्दै डीएसपी राईले बताएका छन्।

उनी उपचारत अवस्थामै रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। डिएसपी राईले अहिले अनुसन्धान भइरहेकोले अनुसन्धानपछि नै कसले किन गोली हान्यो भन्न सकिने बताए।

‘गोली प्रहार कसरले गर्‍यो, आक्रमणकारी कति जना थिए, के मा आएका थिए लगायतका कुराबारे अहिले केही खुलेको छैन अनुसन्धान तीब्र बनाएका छौँ’ उनले भने।

घटनापछि सो क्षेत्रमा त्रास छाएको छ भने प्रहरीले ठाउँ ठाउँमा सर्च अभियान तीब्र पारेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित