वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौं । वीरगञ्जमा सशस्त्र प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, वीरगञ्ज महानगरपालिका १० घडिअर्वाका ४६ वर्षीय प्रमोदकुमार कानू, वीरगञ्ज १ छप्कैयाका ३८ वर्षीय दीपराज सहनी मलाह, वीरगञ्ज १० का २० वर्षीय कुन्जन सर्राफ, भारतको बिहारस्थित रक्सौलका ४० वर्षीय प्रभु महतो, भारतकै भागलपुर पोडियाका ३५ वर्षीय पृतमकुमार चौधरी र पर्साको विन्दवासिनी गाउँपालिका ५ का ५५ वर्षीय श्रीचन्द्रप्रसाद साहलाई पक्राउ गरिएको छ।

उनीहरूलाई पक्राउ गरेर ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले बताए । उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको डीएसपी बस्नेतले जानकारी दिए ।

गत माघ २६ गते वीरगञ्ज १० आदर्शनगरस्थित रुन्चे मदन भनिने मदन गुप्ताको गोदाममा सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हानेको थियो। संयुक्त टोलीले छापा हान्दा उनीहरूले ढुंगामुडा गरेका थिए।

ढुंगामुडाबाट सशस्त्र प्रहरी घाइते भएका थिए। त्यस्तै, सशस्त्र प्रहरीको गाडी पनि तोडफोड गरिएको थियो।

सशस्त्र प्रहरीमाथि आक्रमणमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। यसमा संलग्न थप व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित