रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा २ बाट निर्वाचन लड्ने भएका छन् ।
रुपन्देही २ वाट निर्वाचन जित्दै आएका पौडेल यस पटक भने पाल्पाबाट उठ्ने भएका हुन् । यद्यपि रुपन्देही २ मा भने एमालेले कसैलाई पनि सिफारिस गरेको छैन । शनिवार बसेको एमालेको सचिवालय बैठकले पौडेललाई पाल्पा २ बाट उम्मेदवार बनाउने निर्णय गरेको सचिव लेखराज भट्टले जनाए ।
एमालेले रुपन्देहीको १, २ र ४ नम्बरलाई पार्टी अध्यक्ष केपी ओली आफैले पछि निर्णय लिनेगरि छाडिएको छ भने ३ बाट वासुदेव घिमिरे र ५ बाट खिमलाल भट्टराईलाई टिकट दिइएको छ ।
पाल्पा २ मा ०७९ को निर्वाचनमा ठाकुर गैरेले निर्वाचन जितेका थिए । यस पटक उनको पनि नाम सिफारिस भएको थियो तर पार्टीले पौडेलको नाम टुङ्गो लगाएको हो ।



































