पेस्तोल देखाएर एसबीआई बैंक लुटपाट‚ बोरामा राखिएको पैसा र गाडीसहित एकजना पक्राउ

काठमाडौं। सिन्धुलीस्थित नेपाल एसबीआई बैंकमा लुटपाट भएको छ। घ्याङलेख गाउँपालिका ५ मा रहेको एसबीआई बैंकको शाखा कार्यालयमा मंगलबार बेलुका लुटपाट भएको हो।

सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार मंगलबार बेलुका करिब साढे ७ बजे बैंकमा लुटपाट भएको हो। ५, ६ जनाको समूहमा रहेको समूहले सुरक्षागार्डमाथि कुटपिट गरी बैंकमा लुटपाट मच्चाएको सुवेदीले जानकारी दिए।

सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार रकम यकिन भएको छैन। “गाडीसहित एउटा बोरामा पैसा भेटिएको भनी प्रहरीले जानकारी दिएको छ‚” श्रेष्ठले भने ।

सिन्धुली प्रहरी प्रमुख सुवेदीले गाडीसहित एक जनालाई नियन्त्रणमा लिइएको बताए। “जंगलबाट गाडी‚ पैसा र एकजना व्यक्ति नियन्त्रणमा लिइएको छ‚” उनले भने।

प्रहरी उपरीक्षक सुवेदीका अनुसार पेस्तोल बोकेको समूहले बैंकमा लुटपाट मच्चाएको थियो। “बोरासहित पैसा बरामद भएको छ‚ के कति छ हामी गन्ती गरिरहेका छौँ‚” सुवेदीले भने‚ “लुटपाट गर्ने समूहको खोजीमा सिन्धुली प्रहरीको सबै टोली परिचालन भएको छ।”

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित