काठमाडौं । नेपाली कांग्रेसको समर्थनमा मधेश प्रदेशबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रियसभामा उम्मेदवार बनाउने सहमति भएको छ ।
ठाकुरलाई नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीको समेत समर्थन रहने बताइएको छ ।राष्ट्रियसभाको निर्वाचन ११ माघमा हुँदैछ । त्यसका लागि आज मनोनयनको कार्यक्रम रहेको छ ।































