एजेन्सी । काराकसलगायतका क्षेत्रमा अमेरिकी आक्रमणपछि भेनेजुएलाले यसबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ ।
भेनेजुएलाका विदेशमन्त्रीले अन्तर्राष्ट्रिय कानुनको सम्मान सबैले गर्नुपर्ने भन्दै यसका लागि तत्काल सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेका छन् ।
भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकी सेनाको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै काराकासमा भएको आक्रमणको उद्देश्य आफ्नो देशको स्रोतसाधन कब्जा गर्ने अमेरिकी रणनीति बताउनुभएको थियो ।
यद्यपि, न्यूयोर्क टाइम्ससँगको संक्षिप्त फोन अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलामा ‘नार्को–आतंकवाद षड्यन्त्र’ विरूद्धको आक्रमण सफल भएको बताएका छन् । उनले भने, “वास्तवमा यो एक शानदार कारबाही थियो ।”
उनले भने, “भेनेजुएलामा धेरै राम्रो योजना र धेरै महान् काम भएको छ । सेनाले महान् काम गरेको छ ।” अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई न्यूयोर्कको दक्षिणी जिल्लामा ‘नार्को–आतंकवाद षड्यन्त्र’, कोकिन आयात गर्ने षड्यन्त्र र मेसिनगन आपुर्तिसँग सम्बन्धित आरोपमा अभियोग लगाइएको बताए ।
“उनीहरूले चाँडै अमेरिकी अदालतमा अमेरिकी भूमिमा अमेरिकी न्यायको पूर्ण क्रोधको सामना गर्नुपर्नेछ,” बोन्डीले एक्समा लेखेका छन् ।
मदुरोविरुद्ध सन् २०२० मा अभियोग दर्ता गरिएको थियो भने उक्त अभियोग पत्रमा उनकी पत्नीमाथि पनि अभियोग लगाइएको थियो । ट्रम्पको प्रशासनले अगस्टमा उनलाई पक्राउ गर्ने सूचनाको लागि पुरस्कारलाई दोब्बर बनाएर पाँच करोड अमेरिकी डलर पु¥याएकोे थिया उनीविरूद्ध कथित ‘कार्टेल अफ द सन’ नामक लागूऔषध तस्करी सङ्गठनको नेतृत्व गरेको आरोप लगाएको थियो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई उद्धृत गर्दै एक सिनेटरले भने, “मदुरो अमेरिकी हिरासतमा रहेका कारण भेनेजुएलामा अब कुनै कारबाही हुने छैन ।”


































