प्रधानमन्त्रीको सचिवालयको नाम लिएर वडा सचिवलाई धम्क्याउने युवा पक्राउ

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको नाम लिएर वडा सचिवलाई धम्क्याउने युवक पक्राउ परेका छन्।

दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई धम्क्याएका स्थानीय प्रकाश खड्का पक्राउ परेका हुन्। उनलाई शनिबार काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

खड्काले वडा सचिव भण्डारीलाई फोनबाट धम्क्याएका थिए। उनले आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बोलेको र सिफारिस गर्न धाकधम्की दिएका थिए। उनले धम्क्याएको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई कारबाही गर्न निर्देशन दिएको थियो। त्यसकै आधारमा शनिबार प्रहरीले उनलाई पक्राउ गरेको हो।

वडा सचिवलाई धम्काउने खड्का दुल्लु नगरपालिका–१३ कै बासिन्दा हुन्। उनी काठमाडौंमा बस्दै आएका छन्। खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)मा आवद्ध छन्। रास्वपा दैलेखका जिल्ला सचिव प्रकाशकुमार बुढाले खड्कालाई कारबाहीका लागि पार्टीको केन्द्रीय अनुशासन ससमितिमा सिफारिश गरिसकेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित