काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा राष्ट्रपति पौडेलले जिम्मेवारी हेरफेर गरेका हुन् ।
जसअनुसार, प्रधानमन्त्री बालेनले रक्षा, गृह, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
यसअघि सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको थियो । सोही आधारमा मन्त्रिहरूको जिम्मेवारी तोकिएको हो ।




































