अमेरिकाले फिर्ता बोलायो नेपालसहित ३० देशका राजदूत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नेपालसहित करिब ३० देशमा रहेका अमेरिकी राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

फिर्ता बोलाइएका सबै राजदूतहरू करिअर कूटनीतिज्ञ हुन्, जो पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा नियुक्त भएका थिए। अमेरिकी सञ्चार माध्यमहरूका अनुसार यी राजदूतहरूलाई सन् २०२६ जनवरीभित्र वासिङटन फर्किन निर्देशन दिइएको छ।

अमेरिकी प्रशासनले यसलाई सत्ता हस्तान्तरणपछिको सामान्य प्रक्रिया भने पनि कूटनीतिक वृत्तमा यसलाई असामान्य र व्यापक निर्णयका रूपमा हेरिएको छ।

नेपालसँगै श्रीलंका, फिलिपिन्स, भियतनाम, इजिप्ट, नाइजेरिया, आर्मेनिया, ग्वाटेमाला लगायत अफ्रिका, एसिया, युरोप र ल्याटिन अमेरिकाका विभिन्न देशहरूमा कार्यरत अमेरिकी राजदूतहरू फिर्ता बोलाइएका हुन्।

अमेरिकी कानुन अनुसार राजदूतहरू राष्ट्रपतिको इच्छामा रहने भए पनि परम्परागत रूपमा करिअर कूटनीतिज्ञहरूलाई सत्ता परिवर्तनपछि पनि निरन्तरता दिने चलन छ।

फिर्ता बोलाइएका राजदूतहरूलाई बर्खास्त गरिएको भने होइन। उनीहरूलाई अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट)मा पुनःस्थापन वा नयाँ जिम्मेवारी दिइन सकिने बताइएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित