ओलीसँग प्रदीप ज्ञवाली असन्तुष्ट : उपाध्यक्षको उम्मेदवारी दिन अस्वीकार

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अस्वीकार गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको टिमबाट महासचिवमा दाबी गरेका ज्ञवालीलाई उपाध्यक्ष बनाइएकोमा असन्तुष्ट थिए । अन्ततः ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यसले अध्यक्ष ओलीको टीममा खैलाबैला मच्चाएको छ । प्रदीपका प्रस्तावकमा फर्सु पाण्डे र समर्थक रामजी ढकाल छन् । पाण्डे लुम्बिनी प्रदेश कमिटी सदस्य र ढकाल कालीगण्डकी गाउँपालिका अध्यक्ष हुन् ।

महासचिवको उम्मेदवार नबनाइएको प्रति चित्तबुझ्दो जवाफ माग्दा अध्यक्ष ओलीले केही पनि नभनेपछि कुनै पदमा नउठ्ने भन्दै उनी बाहिरिएका थिए । निकटस्थको अनुरोधपछि केन्द्रीय सदस्यमा नोमिनेसन गरेका छन् ।

देशभर पार्टी स्कूल विभागमार्फत प्रशिक्षण कार्यक्रम चलाएर एमालेको जरा तहसम्म आफ्नो प्रभाव र पहुँच स्थापित गरेका नेता ज्ञवाली यसपटक महासचिवका दाबेदार थिए । उनलाई महासचिव बनाउने सन्दर्भमा अर्का प्रतिस्पर्धी पृथ्वीसुब्बा गुरुङ पनि सकारात्मक भएर उपाध्यक्षमा सहमत भएका थिए ।

तर उम्मेदवार संशोधन गर्ने आग्रह ओलीले अश्वीकार गरेपछि ज्ञवालीले पहिलोपटक ओलीसँग विद्रोह गरेर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित