११ देशका राजदूत फिर्ता गर्ने निर्णय कार्यन्वयन नगर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । ११ देशका राजदूत फिर्ता गर्ने निर्णय कार्यन्वयन नगर्न सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आइतबार उक्त निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

सरकारले ११ देशका राजदूतलाई कात्तिक २० गतेभित्रमा फर्किसक्न निर्देशन दिएको थियो। तर सरकारको उक्त निर्णयविरुद्ध सुनिल भट्टराई, लक्ष्मीप्रसाद रेग्मी र प्रतिभा उप्रेतीले रिट दायर गरेका थिए।

उनीहरुले सरकारको उक्त निर्णय कार्यन्वयनमा तत्काल रोक लगाउन आवश्यक रहेको भन्दै अन्तरिम आदेश माग गरेका थिए। निवेदकको माग बमोजिम अदालतले अन्तरिम आदेश जारी गरेको हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित