११ औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म हुने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर मसान्तमा महाधिवेशन गर्ने राजनीतिक प्रस्तावमा समावेश गरेका थिए।

उक्त प्रस्ताव शुक्रबार साँझको केन्द्रीय कमिटी बैठकले पारित गरेसँगै ११ औं महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने निश्चित भएको हो। अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित गर्ने क्रममा भने विवाद देखा परेको थियो।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित भएको जनाउ दिँदै केन्द्रीय सदस्यहरूले ताली बजाएपछि नेताहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले उठेर आफूहरूको फरक मत रहेको बताएका हुन्।

अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटनको विरोध गर्दै पुनर्स्थापनाको मुद्दा पार्टीले अघि बढाउने गरी राजनीतिक प्रतिवेदन पेस गरेका थिए र सोही प्रतिवेदन पारित भएपछि नेताहरू ज्ञवाली र शाक्यले विरोध गरेका हुन्।

ज्ञवाली र शाक्यले फरक मतका रूपमा प्रतिनिधि सभा पुनर्स्थापनाभन्दा पनि चुनावमा भाग लिनुपर्ने कुरा राखेका छन्।

सरकारले फागुन २१ गतेका लागि चुनाव घोषणा गरेकोले केन्द्रीय कमिटीले चुनावमा जाने निर्णय गर्नुपर्ने उनीहरूको भनाइ थियो।

केन्द्रीय समितिमा एक सय ५० जना हाराहारी केन्द्रीय सदस्यहरूले चुनावमा भाग लिनुपर्ने कुरा राखे पनि त्यसलाई नेतृत्वले बेवास्ता गरेको भन्दै आलोचना भएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित