एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएपछि सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि आज बस्न तय गरिएको बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ।

बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो। सचिवालय बैठक हिजो बसेर स्थगित भएको थियो र आज बस्ने तय गरिएको थियो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा शुक्रबार मध्याह्नबाट झन्डै साढे ६ घन्टा बैठक चलेर स्थगित भएको बैठक आज बस्ने भनिएको थियो।

हिजोको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरू बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीले धारणा राखेका थिए।

ीबहmष् दबलप
हिजोको बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए। त्यसमध्ये उपाध्यक्ष शाक्यले मुखै फोरेर अध्यक्षको राजीनामा माग गरेको एक सचिवालय सदस्यले जानकारी दिएका थिए।

उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पनि राजीनामा भन्ने शब्द नै प्रयोग नगरे पनि ओलीको नेतृत्वमा पार्टी आन्दोलन अघि बढ्न सक्दैन र उनले मार्गप्रशस्त गर्नुपर्छ भनेको अर्का सचिवालय सदस्यले बताएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित