मौसमविद्को चेतावनी : गत वर्षको दशैंमा जस्तै ‘भारी’ वर्षाको सम्भावना

काठमाडौं । मौसमविद्हरुले यस वर्षको दशैंमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको बताएका छन् ।

मौसमविद्हरुले अघिल्लो वर्षको दशैं अवधीमा परेको अविरल वर्षा र त्यसपछि आएको ठूलो बाढी पहिरोजस्तै लक्षण यो वर्षको दशैं अवधीमा रहेको भन्दै सचेत रहने चेतावनी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा विनोद पोखरेलले अब ‘भारी’ वर्षाको सम्भावना रहेको बताएका छन्।

उनले अक्टोबर ३ देखि ७ (असोज १७–२१) सम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। पोखरेलले सामाजिक सञ्जालमा भनेका छन्,‘फोरकास्ट (मौसम पूर्वानुमान) नमिलोस् भनेर अझै कामना गरौँ, तर, पोहोर सालको असोजको जस्तै भीषण पानी पर्ने सम्भावना धेरै छ ।’

अहिले तीन मोडेलले उक्त अवधिमा भारी वर्षा हुने देखाएको उनको भनाई छ। पोखरेलले पोखरेलले किसानलाई सचेत बनाउनुपर्ने बताएका छन्। उनले भनेका छन्,‘भारी वर्षा लगभग ३ ४ दिन सम्म हुने देखिएकोले कृषकहरूलाई बेलैमा जानकारी गरिदिनु होला ।’

उनका अनुसार भोलिदेखि वर्षा हल्का हुँदै बिहीबार रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुने उल्लेख गरेका छन्। उनले यस वर्ष हिले दसैँ हुने बताए।

गत वर्ष असोज १० देखि १३ गतेसम्म देशभर भारी बर्षा भएको थियो। यता भारतले असोज १७–१९ गतेसम्म सिक्किम, पश्चिम बंगाल, बिहारमा भारी वर्षाको ‘अलर्ट’ जारी गरिसकेको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित