चैत महिनामा मात्रै चार अर्बको मोबाइल फोन भित्रियो

 

चैत महिनामा करिब चार अर्ब रुपैयाँको मोबाइल फोन भित्रिएको छ। भन्सार विभागका अनुसार ७ लाख ४० हजार ८७० थान मोबाइल फोनबाट सरकारले एकैमहिना करिब ६३ करोड रुपैयाँ भन्सार संकलन गरेको छ।

राष्ट्र बैंकले मोबाइलको आयातका लागि एलसी खोल्न कडाई गरेकै कारण व्यवसायीहरुले स्टक कायम गर्नकै लागि धेरै आयात गरेकाले संख्या बढेको मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका उपाध्यक्ष सञ्जय अग्रवालले बताए।

‘बैंकहरुले चैतबाट मोबाइल आयात गर्न एलसी टाइट गर्दै लगेपछि मान्छेहरुले स्टक गरेको हुनुपर्छ। बजारमा अहिले अपेक्षाअनुरुप मोबाइल फोनको बिक्री छैन। तैपनि सबै ब्राण्डहरुले एलसीमा गरिएको कडाइलाई देखाएरै फोन आयात गर्दा संख्या बढेको हो। अरु केही कारणले मोबाइल आयात बढेको होइन,’ अग्रवालले भने।

चालु आर्थिक वर्षको नौ महिनामा करिब ३५ अर्ब रुपैयाँबराबरको ५० लाख थानभन्दा बढी मोबाइल फोन आयात भएको छ। चालु आवमा सबैभन्दा धेरै फोन भदौमा आयात भएको थियो। दसैं(तिहारलगायतका चाडपर्व अघि व्यवसायीहरुले साढे पाँच अर्ब रुपेयाँ हाराहारीको ८ लाख ३१ हजार २ सय ४७ थान फोन आयात भएको थियो। भदौपछि चैतमा नै सबैभन्दा बढी आयात भएको हो।

फागुनमा २ अर्ब ६० करोड रुपैयाँबराबरको २ लाख ५४ हजार १ सय ८५ थान फोन आयात भएको थियो। फागुनमा मोबाइल आयात ओरालो लागेको थियो। माघको तुलनामा फागुनमा १ लाख ८७ हजार १ सय ८५ थान कम मोबाइल आयात भएको थियो।

माघमा २ अर्ब ७५ करोड ६३ लाख ७३ हजार रुपैयाँ बराबरको ४ लाख ४१ हजार ३ सय ७० थान मोबाइल आयात भएको थियो। फागुनमा माघको तुलनामा १५ करोड १९ लाख रुपैयाँ कम मूल्यको मोबाइल आयात भएको थियो। माघमा ४ लाख ४१ हजार ३ सय ७० थान मोबाइल आयात भएकोमा फागुनमा घटेर २ लाख ५४ हजार १ सय ८५ थान मात्रै आयात भएको थियो।

चिपको मूल्य, डलरको भाउ र पेट्रोलियम पदार्थमा भएको भारी वृद्धिका कारण ढुवानी खर्च बढेपछि मोबाइलको मूल्य बढ्दै गएको व्यवसायीहरुले बताएका थिए। जसका कारण माघमा उही मूल्य हाराहारीमा चार लाख बढी थान मोबाइल भित्रिँदा फागुनमा भने साढे दुई लाख थान भन्दा केही बढी मात्रै भित्रिएको थियो।

मोबाइल आयातको भुक्तानी अमेरिकी डलरमै हुने गर्छ। पछिल्लो समय डलरको भाउसमेत उकालो लागेकाले मोबाइल आयातको मूल्यसमेत धेरै देखिँदै आएको छ। तर, चैतमा भने एलसीमा कडाइ हुने थाहा पाएरै धेरै मोबाइल भित्रिएको हो।

राष्ट्र बैंकले चैत करिब ३०० वटा वस्तुको आयातमा कडाइ गरेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित