६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौं । न्याय परिषद्ले ६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा मंगलबार बसेको न्याय परिषद्को बैठकले ६ जनालाई जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेको ​परिषद्का प्रवक्ता डा. अशोककुमार क्षेत्रीले जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलालाई कैलाली जिल्ला अदालतमा, प्रशासकीय अदालतका उपरजिष्ट्रार अरुणकुमार कोइरालालाई डडेल्धुरा जिल्ला अदालतमा, रोल्पा जिल्ला अदालतका स्रेस्तेदार कुलप्रसाद दाहाललाई कालिकोट जिल्ला अदालतमा न्यायाधीशको रूपमा नियुक्ति गरी पदस्थापनको लागि सिफारिश गरिएको हो ।

त्यसैगरी, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारीलाई कञ्चनपुर जिल्ला अदालत, सर्वोच्च अदालतका उपरजिष्ट्रार अनुपमा पन्तलाई धनुषा जिल्ला अदालत र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विश्वदीप बेस्रालाई रौतहट जिल्ला अदालतमा न्यायाधीशको रूपमा नियुक्ति गरी पदस्थापनको लागि सिफारिश गरिएको छ ।

त्यसैगरी, रौतहट ३ मा प्रतिनिधिसभाको उपनिर्वाचनको लागि रुपन्देही जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतलाई र मनाङ १ मा प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि मनाङ जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृतको रूपमा सिफारिश गर्ने निर्णय भएको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

Screenshot 2025 09 02 190148 https://newskhari.com/storage/2023/06/Nyayaparishad1660661968.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित