पौने चार करोडसहित गोरखाका श्रेष्ठ पक्राउ, सुन धितो लिएर लगाउँथे मिटरब्याजमा पैसा

काठमाडौं । काठमाडौंको गंगबुमा पौने चार करोड रुपैयाँसहित पक्राउ परेका गोरखाका विनोदकुमार श्रेष्ठले रकम मिटर ब्याजमा लगाउने गरेको खुलेको छ। काठमाडौं महानगरपालिका २६ गंगबुस्थित उनको घरमा प्रहरीले मंगलबार दिउँसो छापा मारेको छ।

उनको घरबाट पौन चार करोड रुपैयाँ र सुनका गहना बरामद भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी शेखर खनालले जानकारी दिए।

७७ वर्षीय श्रेष्ठले सुनका गहना धितो लिएर विभिन्न व्यक्तिलाई मिटर ब्याजमा रकम दिएको खुलेको हो। काठमाडौं उपत्यका प्रहरीमा विशेष सूचना आएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो।

‘अहिलेसम्म मोटामोटी उनको घरबाट बरामद रकम पौने चार करोडजति छ। प्रहरीले अहिले पनि पैसा गनिरहेको छ। सुन पनि बरामद भएको छ। सुन जोख्न बाँकी छ’, एसएसपी खनालले भने ।

उक्त स्थानमा उपत्यका प्रहरी कार्यालयको विशेष टोलीसँगै काठमाडौँ जिल्ला प्रहरी परिसर र महाराजगञ्ज वृत्तको टोली खटिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित