सुटकेशभित्र महिलाको शव : बच्चा पढाउन डेरा लिएर बस्दै आएकी थिइन् रुविकुमारी

रौतहट ।  गौर नगरपालिका–९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कूलको गेट नजिकै सुटकेशभित्र मृत फेला परेकी २६ वर्षीया रुवि कुमारी साह ४ वर्षीय छोरा पढाउन महादेवपट्टीमा बस्दै आएको तथ्य खुलेको छ ।

भारतको मुजफ्फरपुरमा रहेका श्रीमानलाई छाडेर उनी छोरा पढाउन भन्दै रौतहटको माधवनारायण नगरपालिका–२ स्थित महादेवपट्टीमा डेरा लिएर बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

रुविका श्रीमान् पनि अहिले रौतहट प्रहरीको सम्पर्कमा आइसकेका छन् । उनले आफू र रुविबीच कुनै पनि घरायसी लगायत अन्य समस्या नरहेको प्रहरीलाई जानकारी गराएका छन् ।

शनिबार राति स्कूलको गेट नजिकै सुटकेशभित्र रुविको शव फेला परेको थियो । रुविको हत्या गरेर घटना लुकाउन सुटकेशमा शव लुकाएर फालिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर रौतहटका प्रवक्ता एवं प्रहरी उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार रुविका श्रीमान सम्पर्कमा आइसकेका छन् । त्यस्तो पारिवारिक समस्या केही नभएको उनका श्रीमानले प्रहरीलाई बताएका छन् ।

शंकास्पद सुटकेश देखेपछि के रहेछ भनेर पत्ता लगाउनै प्रहरीलाई केही समय लागेको थियो । सुटकेश भेटिएको ठाउँमा बत्ती नभएकाले प्रहरीले शनिबार रातभरि त्यहीँ ड्युटी गरेर बसेको थियो ।

सेनाको डिस्पोजल टोली पुगेपछि मात्रै सुटकेश खोलेर हेर्दा शव भेटिएको डीएसपी कार्कीले जानकारी दिए । रुविको शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा लगिएको छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित