माओवादीले पठायो जनार्दनले आत्मालोचना नगरेको सर्कुलर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकमा आत्मालोचना नगरेको भन्दै तल्लो तहमा सर्कुलर पठाएका छन् ।

स्थायी समिति बैठकपछि अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले बैठकमा शर्माका सार्वजनिक अभिव्यक्तिबारे छलफल भए पनि उनले माइन्युटमा निर्णय गरेको बाहेकका विषयमा आत्मालोचना नगरेको सर्कुलर पार्टी पंक्तिमा पठाएका हुन् ।

गुटबन्दीजन्य गतिविधि सञ्चालन गरिरहने ठहर बैठकमा सदस्यले गरेपछि अध्यक्षले नै माफी माग्दै आत्मालोचना गर्न भने पनि शर्माले नटेरेको दाबी सर्कुलरमा गरिएको छ ।

‘स्थायी समिति बैठकमा आन्तरिक पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा पार्टीका केन्द्रीय उपमहासचिव क।जनार्दन शर्मा ‘प्रभाकर’का सार्वजनिक अभिव्यक्ति र गतिविधिबारे गम्भीर छलफल भयो । छलफलका क्रममा विशेषतः पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रूपमा माइन्युटमा हस्ताक्षर नगर्ने, गुटबन्दीजन्य गतिविधि सञ्चालन गरिरहने जस्ता कार्यहरू पार्टी नीति विपरीत भएको ठहरसहित स्थायी समिति सदस्यहरूबाट क. प्रभाकरलाई उक्त क्रियाकलापहरूप्रति आत्मालोचना गरी गल्ती कमजोरी सच्याउन जोड दिइयो,’ सर्कुलरमा भनिएको छ ।

अध्यक्ष प्रचण्डले बैठकको अन्तिमसम्म पनि स्थायी समितिका सदस्यहरूको सुझाव र आलोचनालाई आत्मसाथ गरी कमजोरी सच्याउन शर्मालाई विशेष आग्रह गरेको सर्कुलरमा भनिएको छ । तर पनि शर्माले नमानेको भनिएको छ ।

‘तर, कमरेड प्रभाकरले माइन्युटमा हस्ताक्षर नगरेको विषय बाहेक अन्य विषयमा ठोस रूपमा आत्मालोचना गर्नुभएन र उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोप लगाउनुभयो । अतः स्थायी समिति बैठकले पार्टी नेतृत्वका विरुद्ध लगाइएका निराधार आरोपलाई खारेज गर्दै क. प्रभाकरलाई कडा आलोचनासहित भविष्यमा त्यसप्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको छ । स्थायी समिति बैठकले आफ्ना भिन्न मत भए कमिटीमा विधिसम्मत छलफलको स्वतन्त्रता रहने विश्वास दिलाउँदै पार्टीलाई एकताबद्ध बनाइ अगाडि बढ्न पनि जोड दिएको छ’, सर्कुलरमा भनिएको छ ।

केही दिनअघि बसेको माओवादी स्थायी समितिको बैठक शर्माकै विषयमा केन्द्रित भएको थियो । उनले मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट नेताले असुली धन्दा गरेको आरोप लगाएका थिए ।

यही विषयलाई लिएर शर्मामाथि माफी माग्न दबाब परेको थियो । तर, उनले केही समयदेखि माइन्युटमा हस्ताक्षर नगरेको विषयलाई मात्रै स्वीकारे ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित