रुकुम पश्चिममा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी । रुकुम पश्चिमबाट एकजना गर्भवतीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । आज दिउँसो जिल्लाको बाँफीकोट गाउँपालिका–२ की ४० वर्षीया नन्दकला खड्का खत्रीलाई थप उपचार लागि हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल पठाइएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर उनलाई सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ऋषी पाठकले जानकारी दिए । उनका अनुसार नन्दकलाको पाठेघरको नलीमा गर्भ बसेको र बच्चा हुर्किंदै गएपछि नली फुटेर आन्तरिक रक्तश्राव भएको अवस्थामा जिल्ला अस्पताल पुर्याइएको थियो ।

आज बिहान अस्पताल पु¥याइएकी नन्दकलाको जिल्ला अस्पतालमा सफल शल्यक्रिया भएको जनाउँदै उनलाई सघन उपचारको आवश्यकता परेपछि सुर्खेत पठाइएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा महेश चौलागाईंले बताए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित