काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले दुईबुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरूलाई धोका दिएको बताएका छन् ।
सभामुख देवराज घिमिरेले डाकेको प्रमुख सचेतकहरूसँगको छलफलपछि परियारले रास्वपाले भिजिट भिसा र अध्यागमनको विषयलाई लिएर आन्दोलन गरिरहेको भन्दै प्रतिपक्षको तर्फबाट माओवादीले गरेको सहमति झारा टार्ने काम भएको बताएका हुन् ।
‘रास्वपा भिजिट भिसा र अध्यागमनको प्रकरणमा आन्दोलनमा छ । हामीले लामो प्रयास गरेका छौँ, निकै दिन संवाद गरेका छौँ । र पनि सरकारले त्यो मुद्दालाई गम्भीरताका साथ लिएन । सुशासनमा एक कदम अघि बढौँ भन्दा कुनै सुनुवाइ भएन,’ उनले भने ।
हुनुपर्ने तहको नभएको उनले बताए । ‘झारो टार्ने काम र हामीलाई झुक्याउने काम भयो । रास्वपाले सहमति गरेन । सभामा विवेक चाहिन्छ,’ प्रमुख सचेतक परियारले भने ।
उनले गृहमन्त्रीको राजीनामाबाट आफूहरू पछि नहटेको बताए । आफूहरूले बुझाएका पाँच बुँदामा सहमति र उच्चस्तरीय छानबिन समिति नबनाएसम्म सदन चल्न नसक्ने उनले बताए ।



































